विनय तामाङ बुथ कमिटीहरूको अनुमोदन गर्न खरसाङ तीनधारे महानदी समष्टीको भ्रमणमा

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष बिनय तामाङ आज पार्टीको सांगठनिक गतिविधि र बुथ स्तरीय कमिटीहरूको अनुमोदन गर्न खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको भ्रमणमा आएका थिए। यस अवसरमा तामाङलाई तीनधारे महानदी समष्टीको पार्टी कार्यकर्ताहरूले स्वागत जनाए। तीनधारेको महात्मा गाँधी हलमा पार्टीको सांगठनिक सभा गोजमुमो तीनधारे महानदी समष्टीको सभापति रबीन सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। सभामा गोजमुमोको केन्द्रीय अध्यक्ष बिनय तामाङले तीनधारे महानदी समष्टीको विभिन्न बुथ कमिटीहरूलाई अनुमोदन गरे ।


तिनले सभालाई सम्बोधन गर्दै पार्टीको सांगठनिक र बुथ कमिटी विषयमा जानकारी गराए भने एनआरसी विषयमा पनि बताए। सभामा बीओए सदस्याद्वय अनु प्रधान र जैतुन निशा लगायत केन्द्रीय सदस्य सुजीत कुमार कार्कीढोली, लक्ष्मण राई, खरसाङ महकुमा समितिको सभापति किशोर थापा, नारी मोर्चा केन्द्रीय महासचिव मैया ठकुरी लगायत अन्यहरू उपस्थित थिए ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.