बिरयानी र रुपियाँ दिएर मतदाताहरूलाई लोभ्याएको 33 नम्बर वार्डका निर्दलीय प्रार्थी विरुद्ध आरोप

सिलगढी : सिलगढी नगरनिगम चुनाउ भोलि 12 फरवरीमा सम्पन्न हुने भएको छ। चुनाउ अगावै घरमा बोलाएर बिरयानीको प्याकेट र रुपियाँ दिएर मतदाताहरूलाई लोभ्याएको सिलगढीको 33 नम्बर वार्डका निर्दलीय प्रार्थी बिजन सरकारविरुद्ध अभियोग उठेको छ। 33 नम्बर वार्डका तृणमूल प्रार्थीले यसबारे चुनाउ आयोगलाई लिखित अभियोग दर्ता गरेको छ। तृणमूलको आरोपअनुसार निर्दलीय प्रार्थी बिजन सरकारले बिरयानीको प्याकेट र रुपियाँ दिएर 33 नम्बर वार्डका मानिसहरूलाई लोभ्याएकोले घटनाबारे चुनाउ आयोग र एनजेपी थाना पुलिसलाई खबर गराइयो। घटनाको खबर पाएर पुलिस निर्दलीय प्रार्थी बिजन सरकारको घरमा पुगे तापनि तिनी घरमा थिएनन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। अर्कोतिर, तृणमूल कङ्ग्रेसको यस प्रकारको आरोपको बिजन सरकारका समर्थकहरूले प्रतिवाद जनाए। यस सम्बन्धमा निर्दलीय प्रार्थी बिजन सरकारले भने, सिलगढी नगरनिगम चुनाउमा तृणमूल प्रार्थीले आफ्नो हार निश्चित रहेको थाहा पाएर आफूमाथि यस प्रकार झुटो आरोप लगाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *