विष्णुब्रत बर्मन बने कुचबिहार जिल्ला युवा तृणमूल कांग्रेसका अध्यक्ष

कुचबिहार : विष्णुब्रत बर्मनलाई कुचबिहार जिला युवा तृणमूल कांग्रेसका अध्यक्ष बनाइएको छ। हाल तिनी कुचबिहार जिल्ला क्रीड़ा संस्थाका सचिव साथै तृणमल कांग्रेससँग धेरै दिनदेखि जोडिएका छन्। तिनका पिता प्रसेनजीत बर्मन पनि तृणमूल कांग्रेसकै सक्रिय सदस्य थिए। यसभन्दा अघि पनि विष्णुब्रत बर्मन युवा कांग्रेसका अध्यक्ष थिए। लोकसभा चुनाउमा कुचबिहार जिल्लामा तृणमूल कांग्रेसको खराब प्रदर्शनपछि धेरै परिवर्तन गरिएको छ। जिल्ला अध्यक्षको पदमा रवीन्द्रनाथ घोषको बद्ली विनय कृष्ण बर्मन साथै कार्यकारी अध्यक्षका रूपमा भूतपूर्व सांसद तथा युवा कांग्रेस अध्यक्ष पार्थ प्रतीम रायलाई चयन गरिएको छ। अब पार्थ प्रतीम रायको ठाउँमा नयाँ तृणमल युवा कांग्रेसको अध्यक्षको रूपमा विष्णुब्रत बर्मनको नाम राज्यका नेताहरूद्वारा पठाइएको छ। विष्णुब्रत बर्मनले आफूलाई दिएको दायित्व सटीक रूपमा निभाने प्रयास गर्ने बताए। यसको साथै सबैलाई एक साथमा लिएर काम गर्ने प्रयास गरेर दललाई बलियो बनाउने बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.