व्यक्तिको शव नदीबाट उद्धार

मालदा : कालियाचकको पागला नदीबाट एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक जालुआबाधाल ग्राम पञ्चायतको नतुन श्रीरामपुर गाउँ निवासी 50 वर्षीय रियाज शेखको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनसुार शुक्रबार बेलुकी रियाज शेख घरबाट निस्केपछि फर्किनआएको बताइएको छ। स्थानीय मानिसहरूले शनिबार नदीमा रियाज शेखको शव देखेपछि यसबारे पुलिसलाई जानकारी गराए। खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाएको छ। अर्कोतिर, परिवारका सदस्यहरूले कसैले रियाजको हत्या गरेको आरोप लगाएका छन्। उक्त घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.