बोनसको लागी आमरण भोकहड़ताल शुरू

दार्जिलिङ : चिया श्रमिकहरुले हालसम्म बोनस नपाएको कारण सातवटा पार्टीको श्रमिक संगठनहरू मिलेर घोषणा गरेको कार्यक्रम अनुसार दार्जीलिङमा केन्द्रीय पदाधिकारीहरू आमरण अनशनमा बसेका छन्। अर्कोतिर सोनादा देखि केही तल रहेको रङ्गमुक चियाबारीका श्रमिकहरु लगायत विभिन्न ट्रेड युनियनका नेताहरू आमरण भोक हड़तालमा बसेका छन्। यसको साथै पत्रकारहरूलाई सम्बोधन गर्दै रङ्गमुक धोतरिया रङ्गबुल समष्टीका सभापति प्रमेस राईले चिया श्रमिकहरुले हालसम्म बोनस नपाएकोले उक्त बोनसको माग गर्दै रङ्गमुक चियाकमानका श्रमिकहरु र विभिन्न युनियनका नेताहरू आमरण भोक हड़तालमा बसेको बताए। जबसम्म श्रमिकहरुले बीस प्रतिशत बोनस पाउँदैनन् तबसम्म आमरण भोक हड़ताल जारी राख्ने साथै बोनसको निम्ति सरकार अनि मालिक पक्षलाई दबाब दिनका निम्ति आमरण अनशन शुरू गरिएको बताएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.