वृद्धाको मृत्युको जाँच गर्न फोरेन्सिक टोली सिलगढीमा

सिलगढी : सिलगढीको हाकिमपाडामा केही दिनअघि एकजना वृद्धाको रहस्यमय ढङ्गमा मृत्यु भएपछि उक्त घटनाको जाँच गर्न कलकत्ताबाट फोरेन्सिक टोली मंगलबार सिलगढी आइपुगेको छ। प्राप्त जानकारीअनुसार हालैमा सिलगढीको हाकिमपाडामा 84 वर्षीय एकजना वृद्धाको रहस्यमय मृत्यु भएपछि यसलाई लिएर पुलिसले जाँच शुरू गरेको थियो। जाँच अवधि पुलिसले घटनास्थलबाट केही संदिग्ध प्रमाणहरू फेला पारेपछि यसको फोरेन्सिक जाँच गर्नको लागि कलकत्ताबाट जाँच गर्नेहरू बोलाइएको थियो।


यसै क्रममा उक्त घटनाको फोरेन्सिक जाँच गर्नको लागि मंगलबार मृतक वृद्धाको घर हाकिमपाडामा फोरेन्सिक जाँच टोलीका सदस्यहरू आइपुगेका छन्। उक्त टोलीका सदस्यहरूले घटनासँग सम्बन्धित विस्तृत जानकारी लिनको लागि मृतक वृद्धाको छोरा र बुहारीसँग सोधखोज गर्नको साथै घटनस्थलमा पाइएको केही संदिग्ध हातको औँलाको छापको पनि जाँच शुरू गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.