बीएसएफ-द्वारा स्वच्छता अभियानको आयोजना

खोरीबारी : बीएसएफ 47औँ बटालियनको तर्फबाट 1 दिसम्बरदेखि 15 दिसम्बरसम्म स्वच्छता अभियानको आयोजना गरिरहेको छ। यसलाई केन्द्र गरेर आज सीमावर्ती क्षेत्रको विभिन्न ठाउँहरू जस्तै स्कुल एवम् बजारमा उक्त अभियान चलाइयो। यस अभियानमा प्रभाकर जोशी, उप-महानिरीक्षक, क्षेत्रीय मुख्यालय, सीमा सुरक्षा बल, गोपालपुर एवम् 47औँ बटालियनका कमाण्डेन्ट उपेन्द्र राय, सीमा सुरक्षा बलका अधिकारीहरू, अधीनस्थ अधिकारी एवम् अन्य कर्मीहरूले भाग लिएका थिए। यस अभियानको मुख्य उद्देश्य साधारण मानिसहरूलाई साफ-सफाईप्रति जागरूक गर्न रहेको प्रभाकर जोशी उप-महानिरीक्षकले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.