बस र ट्रक ठोक्किँदा विद्यार्थीहरू घाइते

सिलगढी : सिलगढीमा मंगलबार अपरान्ह स्कुल बस र ट्रक आपस्तमा ठोक्किँदा धेरैजना विद्यार्थीहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार फुलबारीबाट एउटा निजी इङ्ग्लिस स्कुलको बस छुट्टीपछि विद्यार्थीहरूलाई घर छोड्न गइरहेको समय सिलगढीको फुलबारी-घोषपुकुर बाईपास रोडमा एउटा ट्रकसँग उक्त बस ठोक्किँदा त्यसमा सवार भएका विद्यार्थीहरू घाइते भएका छन्। घाइते अवस्थामा तत्कालै विद्यार्थीहरूलाई फुलबारीको एउटा निजी अस्पतालमा उपचारको लागि लगिएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.