व्यावसायी समितिले पर्यटन मन्त्री देवविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने चेताउनी

सिलगढी : सिलगढीको विधान मार्केटमा दोकान निर्माणमा भ्रष्टाचार गरेको मन्त्री गौतम देवद्वारा लगाइएको आरोपलाई विधान मार्केट व्यवसायी समितिले खण्डन गरेको छ। व्यवसायी समितिले उल्टा मन्त्री देवविरुद्ध मानहानिको मामिला दर्ता गर्ने चेताउनी समेत दिएको छ।


स्मरण रहोस्, विधान मार्केटमा दोकान बनाउने नाममा भ्रष्टाचार गरेको आरोप उठेपछि शनिबार बिहान राज्यका पर्यटन मन्त्री गौतम देव विधान मार्केटमा गएर यसको परिदर्शन गरेका थिए। यस अवसरमा तिनले सरकारी जमिनमा अवैध रूपमा दोकानहरू निर्माण गरिएको आरोप लगाउँदै ती अवैध दोकानहरू चाँडै भत्काउने कठोर निर्देश दिएपछि यसलाई लिएर व्यवसायी समितिले असन्तुष्टि व्यक्त गरेको छ। मन्त्री गौतम देवले दोकान निर्माणमा भ्रष्टाचार भएको प्रमाणित गर्न नसके तिनीविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने विधान मार्केट व्यवसायी समितिका सचिव बापी साहाले चेताउनी दिएका छन्। अर्कोतिर, केही व्यवसायीहरूले शनिबार विधान मार्केट बचाऊँ-को ब्यानर लिएर मन्त्रीविरुद्ध एउटा प्रतिवाद र्‍याली पनि निकाले।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.