व्यवसायी समितिद्वारा शहरमा सुरक्षाको माग

सिलगढी : सिलगढीको विधान मार्केटबाट गत शनिबार ग्रेनेड भेट्टाइएपछि यहाँका व्यवसायीहरू हालसम्म आतङ्कित बनेका छन्। यसैले बजारको सुरक्षा व्यवस्थालाई लिएर मंगलबार विधान मार्केट व्यवसायी समितिको तर्फबाट सिलगढी पुलिस कमिश्नर कार्यालयका अधिकारीलाई भेटर एउटा ज्ञापन पत्र चढाइयो। विधान मार्केट व्यवसायी समितिको संयुक्त सचिव राजु साहाले बताएअनुसार विधान मार्केटमा ग्रेनेड भेट्टाएपछि व्यवसायी तथा बजारमा आउने ग्राहकहरू आतङ्कित बनेका छन्। यसले गर्दा दुर्गापूजाको व्यापारमा प्रभाव पर्नसक्ने व्यवसायीहरूले आशंका व्यक्त गरेका छन्। व्यवसायीहरूले दुर्गापूजा अवधि विधान मार्केटमा अस्थायी पुलिस क्याम्प तथा उक्त घटनाको उच्च स्तरीय जाँच गरिनु पर्ने माग गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.