क्याबलाई लिएर कुचबिहारमा उत्सवको माहौल

कुचबिहार : नागरिक संशोधन विधेयक लोकसभा र राज्यसभा दुवै सदनमा पारित भएपछि देशका कतिपय ठाउँहरूमा व्यापक आन्दोलन, विरोध प्रदर्शनीहरू भइरहेको समयबीच यता कुचबिहार भाजपा कर्मीहरूमा उत्सवको माहौल देखियो। कुचबिहार जिल्ला भाजपा कार्यालय नजिक भाजपा कर्मीहरूले नागरिक संशोधन विधेयक लोकसभा एवम् राज्यसभा दुवै सदनमा पारित भएको उफलक्ष्यमा आज खुशी मनाउँदै एका-अर्कालाई रंग लगाइदिनको साथै पटेकाहरू पढ्काए। यसको साथै भाजपा समर्थकहरूले साधारण मानिसहरूलाई मिठाई पनि वितरण गरे। यस अवसरमा भाजपाका जिल्ला अध्यक्ष मालती राभा राय प्रमुख रूपमा उपस्थित थिइन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.