चालक विभु मिजारको हत्यारा गोरूबथानबाट पक्राउ

गोरूबथान: कालेबुङ डुंग्राका चालक विभु मिजारको हत्या आरोपीलाई गोरुबथान पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार लाभा बजार निवासी स्वर्गीय पेन्जो डुक्पाको छोरा अरूण डुक्पालाई आज गोरुबथानबाट पक्राउ गरेको हो। पक्रा परेका हत्याराले पुलिस समक्ष आफुले हत्या गरेको कुरा स्वीकारे गरेको बताइएको छ। स्मरण रहोस, गत केही दिन अघि गाडी भाडामा लिएर गएका चालक विभू मिजारको शव लाभाबाट पुलिसले रक्ताम्मे अवस्थामा उद्धार गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *