चार तल्ला भवन झरेर दुईजनाको मृत्यु

 नई दिल्ली: महाराष्ट्रको भिवन्डी शान्ति नगर इलाकामा शनिबार एउटा चार तल्ला भवन तासको पत्ता झैं ढलेपछि दुईजना व्यक्तिको मृत्यु हुनको साथै पाँचजना गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ। उक्त दुर्घटनाको सूचना पाउनसाथ राहत अनि बचाउको कार्य शुरू गरेर चार जनालाई सुरक्षित बाहिर निकालिइएको बताइएको छ। स्थानीय मानिसहरूले उक्त बहुतले भवन दुर्घटनामा परेर अझ पनि धेरैजना मानिसहरू फँसेको हुन सक्ने आशंका जनाएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.