चिराग पासवान हुने लोजपाको नयाँ अध्यक्ष

पटना : लोक जनशक्ति पार्टी (लोजपा) केन्द्रीय संसदीय बोर्डका अध्यक्षका रूपमा चिराग पासवानलाई आज विधिवत् रूपमा पदभार सुम्पिने भएको छ। लोजपाको स्थापनादेखि आजसम्म चिरागका बाबु रामविलास पासवान नै पार्टीको राष्ट्रिय अध्यक्ष थिए। एलजेपीको राष्ट्रिय कार्य समितिको बैठक आज रामविलास पासवानको आवास 12 जनपथमा हुने भएको छ। उक्त बैठकमा पार्टीको राष्ट्रिय कमिटीका सबै पदाधिकारिहरू लगायत सबै राज्यका पार्टी अध्यक्षहरूले पनि अंश ग्रहण गर्ने भएका छन्। यस कार्यक्रम अन्तर्गत विभिन्न राजनीतिक प्रस्तावहरूमाथि चर्चा-परिचर्चा गर्नको साथै मुख्य रूपमा पार्टीको कमान्ड चिराग पासवानलाई सुम्पिने भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.