चियाश्रमिकहरूको आन्दोलनलाई विभिन्न बोर्डको समर्थन

दार्जिलिङ : चियाश्रमिकहरूको २० प्रतिशत बोनसको मागलाई विभिन्न श्रमिक संगठनहरूको साथै विभिन्न जात गोष्ठीले पनि समर्थन जनाएको छ। २० प्रतिशतको दरले दार्जिलिङ क्षेत्रका चियाश्रमिकहरूलाई बोनस दिनुपर्ने मागमा हाल विभिन्न चियाकमानहरूलगायत दार्जिलिङ सहरमा संयुक्त श्रमिक संगठन जोइन्ट फोरमका प्रतिनिधिहरूले हाल रिले अनशनमा अंश ग्रहण गरिरहेका छन् भने आज शनिबारदेखि विभिन्न जातको बोर्डका सदस्यहरूले पनि रिले अनशनमा अंश ग्रहण गरेका छन्। प्राप्त जानकारीअनुसार श्रमिकहरूको आन्दोलनलाई समर्थन जनाउँदै विभिन्न 21 वटा जात गोष्ठीबाट एक-एकजना गरेर रिले अनशन बसेका छन्। स्मरण रहोस्, भोलि 6 अक्टोबरको दिनदेखि गोजमुमो अध्यक्ष विनय तामाङ पनि चियाश्रमिकहरूको आन्दोलनलाई समर्थन जनाउँदै आमरण अनशनमा बस्ने स्वयम् तामाङले सिलगढीमा पत्रकार सम्मेलन डाकेर जानकारी दिइसकेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.