चियाश्रमिकहरूलाई केन्द्रीय योजनाबारे जागरूक

खोरीबारी : सिलगढीको नक्सलबारी प्रखण्ड अन्तर्गत पर्ने बेलगाछी स्पोर्टिङ क्लबमा शनिबार बेलगाछी टी ईस्टेट-को अस्थायी कर्मचारीहरूको एउटा बैठक साथै जागरूकता कार्यक्रमको आयोजना गरियो। उक्त बैठकमा चियाकमानको धेरै संख्यामा अस्थायी चियाश्रमिकहरू उपस्थित रहेको नक्सलबारी भाजपा मण्डल अध्यक्ष दिलिप बारौइले बताए। उक्त कार्यक्रममा केन्द्र सरकारद्वारा श्रमिकहरूको लागि सञ्चालित गरिएको धेरैवटा योजनाहरूको लाभ ती चियाश्रमिकहरूले उठाउन सकोस् भन्ने उद्देश्यले तिनीहरूलाई जगारूक गराइयो। यसैले चियाश्रमिकहरूलाई प्रधानमन्त्री जीवन ज्योति योजना, प्रधानमन्त्री बीमा सुरक्षा योजना, सुकन्या योजना, अटल पेन्सन योजना आदि विषयमा जानकारी गराइयो। यस अवसरमा बीटीडब्ल्युका प्रखण्ड अध्यक्ष जेम्स खालको, रवि गुप्ता, उमा शंकर दुबे आदि उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.