छोटाटिङलिङ नजिक मञ्जा खोलामा बनभोज खानेहरूको भीड

मिरिक: मिरिक खण्डको छोटाटिङलिङ, खोप्रेल माझको मञ्जा खोला अहिले एउटा चर्चित नयाँ बनभोज स्थलको रुपमा परिचित हुन थालेको छ। हाल यहाँ बनभोज खेल्नेहरु अधिक संख्यामा भेला हुन थालेका छन् । आइतबार यहाँ सिलगढी-नक्सलबारी इलाका लगायत विभिन्न क्षेत्रबाट व्यापक रुपमा बनभोज खानेहरु आएका थिए । प्राप्त जानकारी अनुसार नयाँ सालदेखि यता मञ्जा खोला बगरमा बनभात खानेहरुको निम्ति नयाँ ठाउँ भएको छ । आइतबार बनभात खान आउने केही शिक्षक-शिक्षिकाहरुसित कुराकानी गर्दा तिनीहरूले यहाँको प्राकृतिक सुन्दरता, शान्त स्थान, शुद्ध पानी रहेकोले यो स्थान मनमोहक रहेको बताए। शिक्षकहरू नितिस घोष, डा.सुभप्रकाश रोय, उत्पल दत्तले यो स्थानको संरक्षण गर्नसके पर्यटन स्थल फस्टाएर जान सक्ने बताए । उक्त क्षेत्रलाई पर्यटन स्थलको रुपमा विकसित गर्न सकिने सम्भावनालाई ध्यान दिन जरुरी रहेको देखिन्छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.