च्याटरबक्स-स्पीकर्स इन्स्टिट्युट, सिलगढी

सञ्चारले हाम्रो दैनिक जीवनमा एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। चाहे त्यो व्यक्तिगत होस् अथवा व्यवसायिक जीवन होस्, उचित सञ्चार दिन आवश्यक छ। ग्लोसोफोबिया, सार्वजनिक ठाउँमा बोल्ने डर, संसारमा सबैभन्दा ठुलो डर हुँदछ। च्याटरबक्स-स्पीकर्स इन्स्टिट्युट नानीहरूको लागि एउटा यस्तो संस्था हो, जसले सार्वजनिक ठाउँहरूमा पनि मानिसहरूको बीच सहजै बोल्न सक्ने पद्धति सिकाउँदछ।


च्याटरबक्सको सिद्धान्तले यस्ता नानीहरूलाई आफ्नो कुरा प्रकट गर्न, आफ्नो भाव व्यक्त गर्न आदि जस्ता कुराहरू सिकाउँदछ। सार्वजनिक ठाउँहरूमा मानिसहरूबीच कुरा गर्नमा संकोच मान्नेहरूलाई पनि यसले च्याटरबक्सले सहयोग पुर्‍याउँदछ।


च्याटरबक्सले आफ्नो “आउट अफ् द बक्स” पाठ्यक्रमको माध्यमद्वारा 8 देखि 18 वर्षसम्मकाहरूलाई यो मञ्च प्रदान गर्दछ जहाँ आफ्नो डर भुलेर सार्वजनिक स्थानहरूमा पनि सबै डरहरूलाई भुलेर बोल्न सक्ने बनाउँदछ। देशभरिमै धेरैजना नानीहरूको जीवनलाई परिवर्तन गर्न च्याटरबक्सले मञ्च प्रदान गरिसकेको छ। च्याटरबक्स-स्पीकर्स इन्स्टिट्युट-को हेड अफिस सिलगढीमा अवस्थित छ।

च्याटरबक्सको 3 महीनाको कोर्स छ, जसमा प्रत्येक हप्ता विद्यार्थीहरूलाई 2 घण्टा क्लास गराइन्छ। स्टेज फ्राइट, आई कन्ट्याक्ट, बडी ल्याङ्ग्वेज, स्पीच डिलीभरी एवम् एनएलपीबारे च्याटरबक्समार्फत् सिकाइन्छ। च्याटरबक्सले व्याकरण अथवा भाषा सिकाउँदैन तर यो केवल अङ्ग्रेजी भाषामा मात्र पनि सीमित छैन।

गत 8 सेप्टेम्बरमा सिलगढीको पीबीआर टावरमा च्याटरबक्सको आयोजनामा भाषण प्रतियोगिताको ग्रान्ड फिनालेको आयोजन गरिएको थियो, जसमा 40 जनाले अंश ग्रहण गरेको थियो। यसमध्ये च्याटरबक्स-स्पीकर्स इन्स्टिट्युटमा आफ्नो लेभल 1 बेसिक कोर्स पुरा गरेको थियो। प्रतियोगितामा अंश ग्रहण गर्नेहरूको आमा-बाबा तथा आफन्तहरूलाई पनि आमन्त्रित गरिएको थियो।

च्याटरबक्सका सह-संस्थापक धीरज के गोल्यान अनि जोसेफ सेबेस्टियनको पहलमा आयोजित यस फिनालेलाई दुई श्रेणीमा विभक्त गरिएको थियो, जुनियर र सीनियर वर्ग। प्रतियोगिताको निर्णायक मण्डलीमा अन्य क्लबहरू अनि संगठनका सदस्यहरूलाई आमन्त्रित गरिएको थियो। दुवै वर्गबाट तीन-तीनजना विद्यार्थीलाई विजयी छनौट गरिएको थियो। सबै प्रतियोगीहरूलाई आफ्नो पाठ्यक्रम पूर्ण गरेको बारे प्रमाणपत्र पनि वितरण गरियो।

च्याटरबक्सको 3 वटा क्लास सिलगढीमा, 1 गुवाहाटीमा, 3 कोलकातामा, 1 राँचीमा,  2 जयपुरमा, 1 देहरादुनमा अनि 2 वटा क्लास नेपालको काठमाडौँमा सम्पन्न भइरहेको छ।

च्याटरबक्सले युवामा आत्मविश्वास पैदा गर्दछ अनि तिनीहरूको मार्गदर्शन बनेर सबैभन्दा राम्रो सञ्चारक पनि बन्न सक्दछ। 2023 को अन्तसम्म च्याटरबक्सको लक्ष्य भारतको 100 शहरहरूमा अनि 5 वटा अन्तर्राष्ट्रिय शहरहरू विस्तार गर्ने रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.