कुचबिहार देवानहाट कलेजमा तृणमूल छात्र परिषद् र एबीभीपीमाझ संघर्ष, 12 जना घाइते

कुचबिहार : कुचबिहार देवानहाट कलेजमा तृणमूल छात्र परिषद् र भाजपाको विद्यार्थी संगठन एबीभीपी-माझ शनिबार संघर्ष भएपछि आतङ्कको माहौल देखा पर्यो। शनिबार दिउँसो भएको उक्त घटनामा 12 जना विद्यार्थीहरू घाइते भएका छन्। घाइतेहरूमध्ये तीनजनालाई कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि हाल तिनीहरूको उपचार चलिरहेको छ। उक्त घटनालाई लिएर एबीभीपी-ले लगाएको आरोपअनुसार तृणमूल छात्र परिषद्‌ले बाहिरबाट मानिसहरू ल्याएर विद्यार्थीहरूलाई कुटपीट गरेको बताइएको छ। अर्कोतिर, तृणमूल छात्र परिषदले उक्त आरोपलाई झुटो हो भनी बताएको छ। अखिल भारतीय विद्यार्थी परिषद्‌का सदस्य शुभम मोदकले तृणमूल छात्र परिषदका कार्यकर्ताहरूले कलेजमा एबीभीपी-का छात्रहरूलाई धम्की दिनको साथै बम पड्काएको अनि छात्राहरूसँग दुर्व्यवहार गरेको आरोप समेत लगाएका छन्।


तिनले शनिबार एबीभीपी-का सदस्यहरू कलेज भवन परिसरमा आइपुग्दा तृणमूल छात्र परिषदका सदस्यहरूले तिनीहरूलाई कुटपीट गरेको बताए। यस घटनामा 12 जना एबीभीपी-का विद्यार्थीहरू घाइते भएको तिनले जानकारी गराएका छन्।  अर्कोतिर, आफूहरू माथि लगाएको आरोप झुटो रहेको तृणमूल छात्र परिषदका उपाध्यक्ष सायनदीप गोस्वामीले दाबी गर्दै एबीभीपी-ले कलेजको माहौल अशान्त पारिरहेको बताए। कलेजमा बम बिस्फोट एबीभीपी-ले नै गरेको तर यसको आरोप तृणमूल छात्र परिषदमाथि लगाएको गोस्वामीले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.