कुचबिहारको भेटागढ़ीमा भाजपा समर्थकहरूद्वारा पथावरोध, विरोध प्रदर्शनी

कुचबिहारः भाजपा कर्मीहरूको घर तोड़फोड़ गर्नको साथै ईलाकामा बम बिस्फोट गराएर यहाँको माहौल खराब गरिरहेको तृणमूल कांग्रेसमाथि आरोप लगाउँदै भाजपा समर्थकहरूले सड़क अवरोध गरेर बिरोध प्रदर्शनी गरे। कुचबिहार जिल्लाको दिनहाटा महकुमास्थित भेटागढ़ीको राज्य सड़क अवरोध गरेर बिहिवार भाजपा समर्थकहरूले नाराबाजी गर्दै बिरोध प्रदर्शनी गरे। अर्कोतिर, भेटागढ़ी ईलाकामा बुधबार रातभरी बम पड्काएर आतङ्क फैलाएको कारण आतङ्कित बनेर यहाँका व्यवसायीहरूले बिहिवार सबै दोकान-पाट बन्द राखे।


स्थानीय व्यवसायीहरूको भनाई अनुसार पूजाको समयमा रातभरि बम विस्फोट गरेकोले व्यवसायीहरू लगायत सम्पूर्ण ईलाकावासी आतङ्कित बनेका छन्। यसैले गर्दा नै व्यवसायीहरूले दोकान-पाट सबै बन्द गरेको हो। अर्कोतिर, तृणमूल कांग्रेसले भेटागढ़ी ईलाकामा रातभरि बम पड्काउनको साथै भाजपा मण्डल अध्यक्षको घर तोड़फोड़ गरेको भाजपाले आरोप लगाएको छ। बजारका व्यवसायीहरू लगायत स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेकोले यदि प्रशासनले चाँड़ै उचित व्यवस्था नगरे वृहत्तर आन्दोलन गर्ने भाजपा समर्थकहरूले चेतावनी दिएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.