कुचबिहारमा भाजपाको दुई गुटमाझ संघर्ष

कुचबिहार : कुचबिहार जिल्लाको भाजपा पार्टी कार्यालयमा आज पार्टीको आपसी गुटमाझ सङ्घर्ष भएपछि उत्तेजनाको माहौल सृष्टि भएको छ। प्राप्त जानकारीअनुसार भाजपा जिल्ला सभापतिको पदमा पुनः मालती राभाको नाम घोषणा भएपछि तिनको विरोधी गुटले आज पार्टी कार्यालायमा यसको विरोध जनाउँदै प्रदर्शनी गरे। यसपछि पार्टीको दुई गुटमाझ हातापाई हुँदा उत्तेजनाको माहौल सृष्टि भएको बताइएको छ। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याउनको साथै हाल कुचबिहार जिल्ला भाजपा पार्टी कार्यालयमा विशाल पुलिस वाहिनी तैनाथ गरिएको छ। अर्कोतिर, उक्त घटनाको समाचार सङ्कलन गर्न गएका पत्रकार पनि दुर्व्यवहारको शिकार भएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.