कुचबिहारमा दुईवटा बन्दुकसहित युवक पक्राउ

कुचबिहार : गोप्य सूचनाको आधारमा कुचबिहार कोतवाली थाना पुलिसले बुधबार साँझ दुईवटा बन्दुकसँगै एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक कुचबिहार-1 नम्बर प्रखण्डको चन्दामारी ग्राम पञ्चायत अन्तर्गत पर्ने डाङ्गापाड़ा निवासी 21 वर्षीय मोतीआर रहमानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार कुचबिहारको फासिरघाटबाट बुधबार साँझ दुईवटा बन्दुकसहित उक्त युवकलाई पक्राउ गरेको हो। पक्रा परेका आरोपी युवकलाई बिहिबार अदालतमा पेश गरिनेछ।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.