कुचबिहारमा राजनैतिक संघर्ष रोक्नेबारे विधायकको पहलमा बैठक

कुचबिहार : लोकसभा चुनाउपछि कुचबिहार जिल्लामा राजनैतिक संघर्ष जारी छ। कुचबिहार दक्षिण विधानसभा केन्द्रमा पनि राजनैतिक संघर्ष जारी रहेकोले गर्दा उक्त इलाकामा शान्ति यथावत् राख्नका लागि विधायक मिहीर गोस्वामीको पहलमा कुचबिहार सदर महकुमा शासक संजय पालको आयोजनामा सबै राजनैतिक दलहरूलाई लिएर एउटा बैठक सम्पन्न गरियो। महकुमा शासक कार्यालयमा सम्पन्न भएको उक्त बैठकमा भाजपा, तृणमूल कांग्रेस एवम् माकपाका प्रतिनिधीहरूलगायत आउटपोस्ट थानाका आईसी सौम्यजीत राय, डीएसपी समीर पाल आदि उपस्थित थिए। बैठकमा कुचबिहार दक्षिण विधानसभा केन्द्रमा भइरहेको राजनैतिक संघर्ष रोक्ने विषयमा चर्चा परिचर्चा गर्नको साथै एक-अर्काको पार्टी कार्यालय दखल नगर्ने आदि बारेमा विभिन्न राजनैतिक दलका उपस्थित पदाधिकारीहरूसँग चर्चा गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.