कुचबिहारमा राजनैतिक संघर्ष

कुचबिहार : कुचबिहारको बलारामपुर इलाकामा भएको राजनैतिक संघर्षले सनसनी मच्चिएको छ। शुक्रबार राति बलारामपुरमा भाजपा कार्यकर्ता हितासु बर्मनको घरमा बमद्वारा आक्रमण गरिएको घटना प्रकाशमा आएको छ। उक्त घटनाको विरोधमा शनिबार भाजपाको तर्फबाट एउटा प्रतिवाद र्‍यालीको आयोजना गरियो। यस र्‍यालीको अवधि आक्रोशित भाजपा कार्यकर्ताहरूले तृणमूल कांग्रेसको पार्टी कार्यालय तोडफोड गरिदिए। यसपछि घटनाको खबर पाएर तुफानगञ्ज पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याइएको बताइएको छ। भाजपा कार्यकर्ता हितासु बर्मनले लगाएको आरोपअनुसार तृणमूल कांग्रेसद्वारा शुक्रबार राति तिनको घरमा बमद्वारा आक्रमण गरियो। यसको साथै तृणमूल समर्थकहरूले घरमा तोडफोड पनि गरे।


यस घटनालाई लिएर थानामा अभियोग दर्ता गरेको तिनले बताए। उक्त घटनाको प्रतिवाद जनाउँदै भाजपाले शनिबार ऱ्‍याली निकाल्दा पुलिसले 4 जना कार्यकर्तालाई पक्रेर लैजानको साथै पार्टी कार्यालयमा तृणमूल कांग्रेसका समर्थकहरूले नै आफै तोडफोड गरेको तिनले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.