डाबग्राम-फुलबारीका भाजपा प्रार्थी शिखा च्याटर्जीले गरिन् चुनाउ प्रचार

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका भाजपा प्रार्थी शिखा च्याटर्जीले फुलबारी 1 नम्बर ग्राम पञ्चायतको अम्बिकानगर इलाकामा पार्टी कार्यकर्ताहरूलाई साथमा लिएर चुनाउ प्रचार गरे। शिखा च्याटर्जीले संगठनको काम सुविधाजनक बनाउने उद्देश्य लिएर आज अम्बिकानगर इलाकामा एउटा पार्टी कार्यालयको उद्घाटन गरिन्। यसपछि तिनी पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई साथमा लिएर इलाकाको घर-घरमा गएर चुनाउ प्रचार प्रसार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। चुनाउ प्रचार अवधि तिनले राज्यको तृणमूल सरकारको खोइरो खनिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *