डकैती गर्न भेला भएका चारजना युवक पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एनजेपी पुलिसले अभियान चलाएर डकैती गर्ने उद्देश्यले भेला भएका चारजना दुष्कृतिहरूलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले विश्वनाथ राय, दीपक दास, विकास सरकार अनि कार्तिक सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार उक्त चारजना दुष्कृतिहरू चोरी गर्ने उद्देश्य लिएर ठाकुरनगर इलाकामा भेला भएका थिए। पक्रा परेका आरोपीहरूलाई आज जलपाईगढी आदालतमा पेश गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.