दमाई बोर्डका चेयरम्यानद्वारा क्षतिग्रस्त घरको निरीक्षण

खरसाङ : खरसाङको अम्बटे चियाबारी अन्तर्गत पर्ने शिरिषेमा हालै हावा-पानीले भत्काएको रबीन परियारको घर क्षतिग्रस्त बनाएको थियो। उक्त क्षतिग्रस्त भएको घरको निरीक्षण पश्चिम बंगाल दमाई सांस्कृतिक बोर्डको चेयरम्यान गंगा सागर पञ्जकोटीलगायत भाइस चेयरम्यान विवेक सेवा र खरसाङको संयोजिका सबिना परियारले गरे। रबीन परियारको घरको निरीक्षण गरेपछि दमाई बोर्डका चेयरम्यान गंगा सागर पञ्चकोटीले घरको अवस्था खुबै दयनीय रहेको बताउँदै चाँडै एक महिनाको अवधिमै बोर्डको तर्फबाट नयाँ घर बनाईदिने आश्वासन दिएका छन्।


राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तै गरीबहरूको उत्थान गर्नका लागि नै बोर्ड गठन गरेको बताउँदै क्षेत्रमा कुनै दमाई परिवारहरू यस्तो सोचनीय अवस्थामा छन् भने झट्टै दमाई विकास बोर्डमा सूचना गरिदिने अथवा बोर्डका चेयरम्यानसँग सम्पर्क गरिदिने पनि तिनले सबैसँग आहवान गरेका छन्। हावापानीले घर क्षतिग्रस्त बनाएपछि परिवारका सदस्यहरू उक्त घरमा बस्नुनसक्ने स्थिति भएकोले हाल दाजु रोशन परियारको घरमा तिनीहरू शरण लिएर बस्न बाध्य बनेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.