दार्जिलिङ जिल्लाका 9 वटा क्लबहरूलाई विश्व बाङ्ग्ला शारद सम्मान

सिलगढी : दार्जिलिङ जिल्लाका 9 वटा क्लबहरूलाई विश्व बाङ्ग्ला शारद सम्मानले सम्मानित गरियो। आज सिलगढीको महकुमाशासकले क्लबका सदस्यहरूलाई पुरस्कार स्वरूप विश्व बाङ्ग्लाको ब्यानर प्रदान गरे। विजयी पुजा पण्डालहरूलाई श्रेष्ठ पुजा, श्रेष्ठ पण्डाल र श्रेष्ठ प्रतिमा, यी तीन विभागमा पुरस्कृत गरियो। यी तीन विभागमा पुजा कमिटीहरूलाई क्रमशः 50 हजार, 30 हजार र 20 हजार रुपियाँ प्रदान गरिनेछ। श्रेष्ठ पुजाको पुरस्कार सिलगढीको रवीन्द्र संघ, सुब्रत संघ र संघश्री क्लबलाई चयन गरिएको छ। यसको साथै श्रेष्ठ पण्डालको पुरस्कार कलेजपाड़ा पुजा कमिटी, दादाभाई स्पोर्टिङ क्लब र यङ्ग मेन्स एसोसिएशनलाई चयन गरिएको छ। यसरी नै श्रेष्ठ प्रतिमाको पुरस्कार अरूणोदय संघ, रथखोला स्पोर्टिङ क्लब र आवाहनी चक्रलाई चयन गरिएको छ। आगामी 15 अक्टोबरदेखि 25 अक्टोबरबीच यी क्लबहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.