दार्जिलिङका सांसद राजु विष्टको खरसाङ भ्रमण

खरसाङ : दार्जिलिङका सांसद राजु विष्टले मंगलबार खरसाङस्थित गोर्खा जनपुस्तकालयमा आइपुगेपछि तिनलाई यहाँका विभिन्न संघ संस्थाहरू र विभिन्न पार्टीका कार्यकर्ताहरूले स्वागत जनाएका थिए। सांसद राजु विष्ट लोकसभा चुनाउमा विजय भएपछि तिनको यो पहिलो खरसाङ भ्रमण हो। तिनले यस अवसरमा यहाँको गोर्खा जनपुस्तकालयमा सम्पन्न सभामा उपस्थित जनतालाई विशेष रूपमा धन्यबाद दिनको साथै यहाँको विभिन्न समस्याहरूको विषयमा जानकारी लिनुको लागि नै आफू खरसाङ आईपुगेका बताए। तिनले सभालाई सम्बोधन गर्दै यहाँको स्थायी राजनैतिक समस्या समाधानको लागि छिट्टै कार्य गर्ने तथा यसको लागि चाँडै डाइलग ओपेन गरिने सम्भावना रहेको तिनले बताए। यसको साथै छुटेको गोर्खाहरूको 11 वटा जातिलाई जनजातिको मर्यादा दिलाउने विषयमा पनि हाल कार्य भइरहेको तिनले अवगत गराए।


चियाबारीमा कार्यरत चियाश्रमिकहरूको हितमा पनि आफूले सक्दो कार्य गरिरहेको साथै यसको लागि देशभरिमै सबैको लागि एउटा कानुन बनिएको तिनले बताए। पहाड़मा पुलिसको अत्याचार विषयमा बोल्दै पुलिसले निष्पक्ष भएर काम गर्नुपर्ने नत्र  भोलिको दिनमा जाँच हुँदा अप्ठ्यारोमा नपरोस् भनी तिनले सबैलाई सचेत गराए। खरसाङको रेलवे प्रिन्टिङ प्रेस संरक्षण सिमिति, आकाशवाणी खरसाङको प्रतिनिधिहरूले पनि सांसदलाई भेट गरेर आफूहरूको समस्याबारे अवगत गराए। यस अवसरमा सांसद राजु विष्टसित भाजपाको दार्जिलिङका विधायक निरज जिम्बा, गोजमुमो विमलपन्थीका कार्यकारी सभापति डा. लोपसाङ लामाभाजपा दार्जीलिङ जिल्ला सभापति मनोज देवानक्रामाकपा खरसाङका प्रभारी अरूण घतानीउद्यव खनालभाजपा खरसाङका प्रतिनिधिहरूलगायत विभिन्न पार्टीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.