दार्जिलिङको देशबन्धु चेस्ट क्लिनिकबारे स्वास्थ्य अधिकारीलाई ज्ञापन

दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अनि यसको भातृसंगठन नारी मोर्चाको एउटा संयुक्त प्रतिनिधि टोलीले मंगलबार जीटीएको स्वास्थ्य विभागीय सचिव श्रीमती दावा लामा फिन्जोलाई भेट गर्‍यो। उक्त भेट अवधि हालै दार्जिलिङको देशबन्धु चेस्ट क्लिनिकको परिभ्रमण अवधि देखापरेको विभिन्न असुविधाहरू तथा त्यहाँको खराब अवस्थाबारेमा पनि प्रतिनिधि टोलीले स्वास्थ्य सचिवलाई अवगत गराए।


यसको साथै यसलाई लिएर एउटा ज्ञापन पत्र समेत चढाएको नारी मोर्चाका मञ्जिला तामाङले जानकारी दिएकी छन्। उक्त ज्ञापन पत्रमा देशबन्धु चेस्ट क्लिनिकको असुविधाहरूबाहेक नर्सिङ स्टाफको पहाडको कोटामा केवल पहाडका विद्यार्थीहरूलाई नै मौका दिनुपर्छ भन्ने माग पनि उल्लेख रहेको तिनले जानकारी गराइन्। प्रतिनिधि टोलीमा गोर्खा राष्ट्रिय नारी संगठनका मञ्जिला तामाङ, रञ्जिता सुब्बा, रीता तामाङ, निरुपा राई, अमृता छेत्री अनि गोरामुमोबाट गोपाल परियार, विशाल तामाङ आदि प्रमुख रूपमा उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.