दशैँको उपलक्ष्यमा लगाइने मेलामा एसएसबीद्वारा हेल्प डेस्कको व्यवस्था

खोरीबारी : भारत-नेपाल सीमामा तैनाथ 19औँ बटालियनको तर्फबाट हेल्प डेस्कको माध्यमद्वारा दशैँमा छिमेकी राष्ट्र नेपालबाट आउने नागरिकहरूको सुरक्षा, पिउने पानीको व्यवस्था, साना-तिना दुर्घटना भएको खण्डमा उपचार व्यवस्था, अस्थायी शौचालयको निर्माण गरेर तिनीहरूलाई सुविधा उपलब्ध गराइरहेको छ। एसएसबी अधिकारीले बताएअनुसार महासप्तमीदेखि विजय दशमीसम्म लाग्ने उक्त मेलाको लागि धनतोला तथा सुखानीमा हेल्प डेस्क लगाइएको छ। यसको साथै भारत-नेपाल सीमा नजिक मार्गबाट ठाकुरगञ्ज, चुरलीलगायत अन्य ठाउँहरूबाट पुजा घुम्न आउने मानिसहरूको सुविधाको लागि जवानहरू तैनाथ गरिएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.