'डटर अफ् द नेशन' अवार्डले सम्मानित हुने स्वर सम्राज्ञी लता मङगेशकर 

नयाँ दिल्ली : स्वर सम्राज्ञी लता मङ्गेशकरलाई भारत सरकारको तर्फबाट 'डटर अफ् द नेशन' अवार्डद्वारा सम्मानित गरिने भएको छ। उक्त अवार्ड दादा साहेब फाल्के-भन्दा पनि ठुलो रहेको बताइएको छ। 28 सेप्टेम्बर अर्थात् आज स्वर सम्राज्ञी लता मङ्गेशकरको जन्मदिनको उपलक्ष्यमा भारत सरकारले उक्त सम्मान दिने भएको छ। 28 सेप्टेम्बर 1929 -मा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लता मङ्गेशकर भारत रत्नम, दादा साहेब फाल्के पुरस्कार, नेशनल फिल्मइ पुरस्कारद्वारा सम्मानित भईसकेकी छन्। हिन्दी सिनेमा अनि संगीतको क्षेत्रमा अतुलनीय योगदानको तिनलाई डटर अफ् नेशन जस्तो प्रतिष्ठित सम्मान दिने भएको जानकारी प्राप्त भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.