डेढ लाख रुपियाँलगायत घरको सर-समान नदिएको उमा मल्लिकविरुद्ध अभियोग

सिलगढी : उत्तरबंग अनाथ आश्रमका उमा मल्लिकविरुद्ध केही समय अघिदेखि विभिन्न असामाजिक कार्यहरू गरिहेको अभियोग उठ्दैआइरहेको छ। यसै क्रममा फेरि एउटा दम्पतीबाट डेढ लाख रुपियाँलगायत कलकत्तास्थित फ्लाटको सर-सामान नदिएको उमा मल्लिकविरुद्ध अभियोग उठेको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा बङ्ग्लादेश निवासी राजवीर सरकार र शिवाङ्गी सरकारले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। उक्त दम्पतीको फेस बुकको माध्यमद्वारा उमा मल्लिकसँग परिचय भएपछि कलकत्ताबाट सिलगढीमा आएर तिनीहरू उमाको घरमा बस्दै आइरहेका थिए। उमा मल्लिकले उक्त दम्पतीबाट डेढ लाख रुपियाँ राखिदिने शर्तमा लगेको साथै तिनीहरूको साढे तीन महिनाको नानीलाई समेत बिक्री गर्ने षड्यन्त्र रचेको उमा मल्लिकविरुद्ध अभियोग रहेको छ। उमा मल्लिकको कुनै षड्यन्त्र सफल नभएपछि उक्त दम्पतीलाई मार्ने षड्यन्त्र समेत तिनले गरेको थाहा पाएपछि गत 1 दिसम्बरको दिन ती दम्पत्तिले उमा मल्लिकको घर छोडेको बताए। ती दम्पतीको डेढ लाख रुपियाँलगायत कलकत्तास्थित फ्लाटको सर-सामान उमाले दिन अस्वीकार गरेको तिनीहरूले आरोप लगाएका छन्। ती दुई दम्पतिले यसविरुद्ध भक्तिनगर थानामा एउटा अभियोग दर्ता गर्नको साथै आफूहरूको डेढ लाख रुपियाँलगायत घरको सबै सर-समान फर्काइदिने माग गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.