देशको पहिलो प्राइभेट ट्रेन तेजस शुरू, लेट भए यात्रीहरूले पाउनेछन् क्षतिपूर्ति

नयाँ दिल्ली : देशको पहिलो प्राइभेट ट्रेन तेजस एक्सप्रेस लखनऊ जक्शनदेखि युपीका मुख्यमन्त्री योगी आदित्यनाथले हरियो झण्डा देखाएर प्रस्थान गराए। उक्त ट्रेन लखनऊ-दिल्ली-लखनऊमाझ चल्नेछ। हप्तामा 6 दिन चल्ने तेजस एक्सप्रेसको सञ्चालन अनि टिकट व्यवस्थाको जिम्मेवारी आईआरसीटीसी-ले लिएको छ। तेजस एक्सप्रेसमा यात्रीहरूको लागि विमान जस्तै सुविधाहरू उपलब्ध गराइएको छ।


यसको साथै ट्रेन लेट भएको खण्डमा यात्रीहरूले क्षतिपूर्ति पाउनेछन्। उक्त ट्रेन लखनऊदेखि बिहान 6 बजेर 10 मिनटमा प्रस्थान भएर नयाँ दिल्ली रेलवे स्टेशनमा अपरान्ह 12 बजेर 25 मिनटमा पुग्नेछ। फेरि उक्त ट्रेन दिल्लीबाट 3 बजेर 35 मिनटमा प्रस्थान भएर 10 बजेर 5 मिनटमा लखनऊ पुग्नेछ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.