धेरै मात्रामा अफीमसहित दुईजना पक्राउ

सिलगढी : केन्द्रीय राजस्व गुप्तचर विभागका अधिकारीहरूले 6 किलो 5 सय 41 ग्राम अफीमसहित दुईजना युवकलाई बुधबार पक्राउ गरेको छ। पक्रा परेका युवकहरू जम्मू कश्मीर निवासी ज्योति शर्मा र अमरजीत सिंहको रूपमा चिन्हित गरिएको छ। जफत गरेको अफीमको मूल्य 19 लाख 63 हजार रुपियाँ रहेको बताइएको छ। गोप्य सूचनाको आधारमा केन्द्रीय राजस्व गुप्तचर विभागका अधिकारीहरूले बुधबार बिहान 6 बजी सिलगढीको चम्पासारी इलाकामा गुवाहाटीदेखि सिलगढीतर्फ आइरहेको एउटा बसमा अभियान चलाएर दुईजना युवकबाट धेरै मात्रामा अफीम उद्धार गर्यो। ती दुई युवकसँग केरकार गर्दा तिनीहरूले उक्त अफीम मणिपुरबाट जम्मू कश्मीर लैजाने उद्देश्यले ल्याएको बताए। ती दुई युवकलाई आज सिलगढी अदालतको फास्ट कोर्टमा पेश गरियो। यसको साथै भोलि पुनः मादक द्रव्य सम्बन्धित एनडीपीएस स्पेशल जजसमक्ष पेश गरिने बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.