डायना नदीमा रीति रिवाज अनुसार करम पूजाको विसर्जन

डुवर्स : बनारहाट थानाको डायना नदीमा मंगलबार धार्मिक रीति रिवाज अनुसार करम पूजाको विसर्जन गरियो। डुवर्सका धेरै संख्यामा आदिवासीहरू करम पूजा बिसर्जन हेर्नका लागि उपस्थित भएका थिए। सोमबार अबेर रातसम्म चलेको करम पूजा पछि मंगलबार बिहानैदेखि डायना नदीको किनारमा पूजा विसर्जन गर्न मानिसहरूको भीड लागेको थियो। पूजा विसर्जन अवधि आदिवासीहरूको संस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। यस अवसरमा अलीपुरद्वारका सांसद जोन बारला विशेष रूपमा उपस्थित थिए।


जोन बारलालाई केवल सांसदको रूपमा मात्र नभएर तिनलाई डुवर्समा एकजना आदिवासी नेताको रूपमा पनि चिनिन्छ। डुवर्समा सार्वजनिक करम पूजा 2005 बाट शुरू भएको अनि करम पूजा बिसर्जनको लागि यहाँको डायना नदी प्रख्यात रहेको छ। विसर्जन स्थलमा शान्ति र सुरक्षा कायम राख्नका लागि बानरहाट नगरकट्टा पुलिस तैनाथ रहेको थियो। विसर्जनको अवधि मंगलबार डायना नदीको किनारमा विभिन्न स्टलहरू राखिएको थियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.