“दीदी के बोलो” कर्मसूचीबारे खोरीबारीमा तृणमूलको बैठक

खोरीबारी : खोरीबारी तृणमूल कांग्रेस पार्टीको तर्फबाट दीदी के बोलो अर्थात “ दिदीलाई भन्नुहोस्” कर्मसूची कार्यक्रमलाई लिएर मंगलबार अबेर राति एउटा बैठकको आयोजना गरियो। उक्त बैठकमा खेत किसान मजदूर अध्यक्ष सत्य कुमार सिंहले बैठकमा दीदी के बोलो कर्मसूचीको सन्दर्भमा आफ्नो विचार विमर्श राखे। आगामी 15 अगस्तदेखि यस प्रखण्डको विभिन्न बूथहरूमा सबै मानिसहरूलाई एकैसाथ राखेर तिनीहरूको विभिन्न समस्याहरूलाई सुनिने साथै ती समस्याहरूको समाधानबारे उचित कदम उठाउने तिनले बताए। उक्त बैठकमा खोरीबारी तृणमूल कांग्रेस पार्टी अध्यक्ष हिरण्मय राय, कार्यकारी अध्यक्ष वासुदेव राय, खेत किसान मजदुर अध्यक्ष सत्य कुमार सिंहलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.