दिवङ्गत अभिजीत राय चौधरीको आज राति अन्तिम संस्कार गरिने

सिलगढी :  भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष अभिजीत राय चौधरीको आज अन्तिम संस्कार गरिने भएको छ। तिनको पार्थिव शरीर आज राति सिलगढी ल्याइने भएको छ। सिलगढीको आश्रमपाडास्थित तिनको वासस्थानमा आफन्तलगायत अन्यले अन्तिम श्रद्धाञ्जलि दिएपछि पाकुरतला मोड हुँदै हाकिमपाडा, अस्पतालमोड, हिलकार्ट रोड भएर भाजपा पार्टी कार्यालयमा तिनको पार्थिव शरीर लगिने भएको छ। यहाँ पार्टीका नेता तथा सदस्यहरूले तिनलाई श्रद्धाञ्जलि अर्पित गरेपछि यहाँको किरणचन्द्र श्मशान घाटमा तिनको अन्तिम संस्कार गरिने बताइएको छ। यस अवसरमा सांसद राजु विष्ट, मुकुल रायलगायत अन्य शीर्ष नेतृत्वहरूको उपस्थिति रहने भाजपा सूत्रमार्फत् थाहा लागेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.