दुईवटा ट्रक ठोक्किँदा एउटा ट्रक क्षतिग्रस्त

सिलगढी :सिलगढीको बाघडुग्रा नजिक मुनी चियाकमान छेउ दुईवटा ट्रक आपस्तमा ठोक्किँदा एउटा ट्रक जलेर खरानी भएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार शनिबार बिहान फल लादिएको एउटा ट्रक दिल्लीदेखि सिलगढीको रेगुलेटेड मार्केटतर्फ गइरहेको समय बाघडुग्रा नजिक मुनी चियाकमान छेउ विपरीत दिशाबाट आइरहेको अर्को एउटा ट्रकसँग ठोक्किँदा एउटा ट्रकमा आगो लागे तापनि कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। घटनाको खबर पाएर बाघडुग्रा पुलिस घटनास्थलमा पुगेपछि माटीगढा दमकल केन्द्रलाई यसबारे जानकारी गराए। दमकल कर्मी घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएको बताइएको छ। उक्त आगलागीमा लगभग 8 लाख रुपियाँको सम्पत्ति जलेर नष्ट भएको ट्रक चालक अमित मोदीले बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.