दुर्गापुजाको उपलक्ष्यमा लुगाफाटा वितरण

खोरीबारी : खोरीबारी प्रखण्ड अन्तर्गत पानीट्याङ्की दुर्गापुजा व्यवसाय समितिको तर्फबाट दुर्गापुजालाई केन्द्र गरेर लुगाफाटा वितरण गरियो। समितिका सचिव शेखर सिंहले दुर्गा पुजाको उपलक्ष्यमा लगभग 3 सयजना मानिसहरूलाई कम्बल, साड़ी, तन्ना आदि वितरण गरियो। यस अवसरमा रूरल डीएसपी अचिन्त्य गुप्त, खोरीबारी बीडीओ योगेश चन्द्र मण्डल, पञ्चायत समिति सभापति बादल चन्द्र सरकार, पञ्चायत प्रधान भवतोश मण्डल, समितिका अध्यक्ष विकास सिंह, कार्यकारी अध्यक्ष सन्जीव बर्मन, सचिव अभिजीत राय र शेखर सिंह, कोषाध्यक्ष हान्द्रु उराव, होमनाथ लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.