दुई नानीको निर्मम हत्यापछि बाबुद्वारा आत्महत्या

कुचबिहार जिल्लाको तूफानगञ्ज अन्तर्गत पर्ने धलपल-2 ग्राम पञ्चायतको खासबस इलाकामा आफ्नै दुईजना नानीको निर्मम हत्या गरेपछि बाबु स्वयम्‌ले पनि आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मर्नेहरूमा 4 वर्षीय मानिक मण्डल, 7 वर्षीय देवाशीष मण्डल अनि 32 वर्षीय बाबु धनीराम मण्डल सामेल छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार बुधबार राति धनीराम आफ्नो घरबाट निस्केपछि बेपत्ता थिए। बिहिबार बिहान स्थानीय मानिसहरूले धनीरामको घर पछिल्तिर रहेको पोखरी नजिक झुण्डिरहेको अवस्थामा तिनको शव फेला पारेपछि घटनाबारे तूफानगञ्ज पुलिसलाई जानकारी गराए। पुलिस घटनास्थलमा पुगेर धनीरामको शव उद्धार गरेर पोस्टमर्टमको लागि पठाएको छ।


अर्कोतिर,  सिभिल डिफेन्सका जवानहरूले पोखरीमा खोजी अभियान चलाउँदा दुईजना नानीको शव पनि उद्धार गरेको छ। प्राथमिक जाँच अवधि धनीरामले आफ्ना दुई नानीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको आशंका गरिएको छ। यसको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.