डेङ्गुले मर्नेको परिवारका सदस्यहरूसँग भेट गरे मन्त्री गौतम देवले

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देव आज डेङ्गुको कारण मृत्यु भएको माया सरकारको घर पुगे। सिलगढीको सुभाषपल्ली 19 नम्बर वार्ड निवासी माया सरकार केही दिन अघिदेखि बिमारी थिइन्। यसपछि तिनलाई सिलगढीको एउटा नर्सिङ्गहोममा भर्ना गरेपछि तिनलाई डेङ्गु भएको थाहा लाग्यो। सोमबार बिहान रोगीका परिवारका सदस्यहरूलाई अस्पतालद्वारा रोगी स्वस्थ रहेको जानकारी दिए तापनि यसको केही समयपछि माया सरकारको अवस्था खराब भएपछि तिनलाई उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरियो, जहाँ तिनको मृत्यु भयो। अस्पतालमा उपचारको लागि सोमबार धेरैजसो डक्टरहरू उपस्थित नभएको साथै उपचारमा लापर्वाहीको कारण तिनको मृत्यु भएको आरोप लगाएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले आज बिहान रोगीका परिवार सदस्यहरूसँग भेटे गरे। यसपछि मन्त्री देवले सिलगढीका मेयर अशोक भट्टाचार्यमाथि कटाक्ष कस्दै शहरलाई साफ-सफाई गर्नको लागि नगरनिगमले पर्याप्त पहल नगरेकोले गर्दा नै शहरमा डेङ्गुको प्रकोप बढिरहेको बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.