एक करोडको अवैध काठको फर्निचर जफत, चालक हिरासतमा

फाँसीदेवा : घोषपुकुर वन विभागले अवैध सैगुनको काठको फर्निचर जफत गर्नको साथै वाहन चालकलाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार अरूणाचल प्रदेशबाट बिहार तस्कर गर्न अगावै घोषपुकुर वन विभागले फाँसीदेवाको मुरलीगञ्ज चेकपोस्टबाट अवैध सैगुनको काठको फर्निचर जफत गरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार जफत गरेको काठको फर्निचरको अनुमानित बजार मूल्य लगभग 1 करोड रुपियाँ रहेको छ। उक्त फर्निचरको कुनै वैध कागजपत्र नरहेकोले गर्दा वाहन चालकलाई हिरासतमा लिएको छ। घोषपुकुर रेञ्जका रेञ्जर सोनम भुटियाले बताएअनुसार हिरासतमा लिएको वाहन चालकसित सोधखोज गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *