एकजना बङ्ग्लादेशी पक्राउ

पानीट्याङ्की : एसएसबी 41-बी बटालियनका जवानहरूले भारत नेपाल सीमा क्षेत्र पानीट्याङ्कीबाट एकजना बङ्गलादेशी युवकलाई पक्राउ गरेर खोरीबारी थानालाई सुम्पिदिएको छ। एसएसबी सूत्रले दिएको जानकारीअनुसार पानीट्याङ्कीको बीआईटी-को टीमले एसएसबी-का एसआई अञ्जलि रावतको नेतृत्वमा नियमित जाँच अवधि उक्त व्यक्तिलाई आफ्नो परिचय पत्र माग्दा तिनीसँग कुनै कागजपत्र नभए पछि पक्राउ गरेर सोधखोज गर्दा उक्त व्यक्तिले आफू बङ्ग्लादेश निवासी भुट्टु राय हो भनी बताए। तिनी गत 2018 मा अवैध रूपमा दलालको सहयोगमा चेन्गराबान्धा हुँदै भारत आएर मयनागुड़ी थाना, खोरीबारीको खाल गाउँ निवासी आफ्नी बोज्यू सुरोबाला बर्मनको घरमा बस्दै आइरहेका थिए। यहाँ तिनले दैनिक मजदुरीको काम गर्ने गर्थे। दिनहुँ झैँ बुधबार पनि तिनी दैनिक मजदुरीको लागि नेपालतर्फ गइरहेको समय तिनलाई पक्राउ गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.