फुलबारी सीमामा फेरि भारतीय ट्रकहरू रोकेको आरोप

सिलगढी : फुलबारी ट्रक अनर्स एसोसिएशनका सचिव राजु दासले एकपल्ट फेरि एसोसिएशनको अधीन बोल्डर ट्रकहरूलाई बाङ्ग्लादेश जान नदिएको आरोप लगाएका छन्। स्मरण रहोस्, यसभन्दा अघि पनि राजु दासले फुलबारी-2 नम्बर ग्राम पञ्चायतका सदस्य अब्दुल खालेकविरुद्ध यहीँ आरोप लगाएका थिए। राजु दासले प्रशासनले यदि कुनै उचित कदम नउठाए तिनीहरू आमरण अनशनमा बस्ने बताए। फुलबारी ट्रक अनर्स एसोसिएशनको तर्फबाट सत्ताधारी दल र पुलिस प्रशासनको सहायताले फुलबारीमा यस्तो कार्य भइरहेको आरोप लगाएको छ। धेरै समय अघिदेखि फुलबारी सीमादेखि भुटानको ट्रकहरू बांग्लादेश जान दिए तापनि भारतीय ट्रकहरूलाई रोकिदिने गर्दछ। अर्कोतिर, राज्यका पर्यटन मन्त्री गौतम देवलाई यस मामिलाबारे संगठनको तर्फबाट जानकारी गराए तापनि तिनले दुर्गापुजापछि मात्र उक्त विषयलाई लिएर एउटा बैठक गर्ने बताएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.