गाङ्गुली निर्विरोध बीसीसीआई-का नयाँ अध्यक्ष हुने सम्भावना

नयाँ दिल्ली : भारतीय क्रिकेट टोलीका पूर्व अधिनायक सौरभ गाङ्गुली निर्विरोध बीसीसीआई-को नयाँ अध्यक्ष चयन गरिने सम्भावना रहेको छ। 47 वर्षीय सौरभ गाङ्गुली हालै लगातार दोस्रोपल्ट निर्विरोध बङ्गाल क्रिकेट एसोसिएशनका अध्यक्ष चयन भएका थिए। पहिला बीसीसीआई अध्यक्ष पदको लागि ब्रिजेश पटेल सबैभन्दा अघि थिए भने अब सौरभ गाङ्गुलीको नाम यस दौडमा सबैभन्दा अघि रहेको साथै तिनलाई नयाँ अध्यक्ष चयन गर्नमा सबैको सहमति रहेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.