गान्तोकको एमजी मार्गमा हिट एन्ड रन मामिलामा दुईजनाको मृत्यु, आरोपी पक्राउ

गान्तोक : सिक्किमको राजधानी गान्तोकको एमजी मार्गमा गत राति भएको हिट एन्ड रन मामिलामा दुईजना व्यक्तिको मृत्यु भएको छ। मृतकहरूमा दार्जिलिङका दावा भुटिया र सिङताम निवासी 30 वर्षीय धन कुमार छेत्रीको रूपमा पुलिसले चिन्हित गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति एमजी मार्गको नजिकमा रहेको एउटा होटलका कर्मचारीहरू सेल्फी खिँचिरहेका थिए। यसैबीच ठाडो लाइनबाट केही युवकहरू पनि घटनास्थलमा आइपुगेपछि केही विषयलाई लिएर दुई समूहबीच सामान्य भनाभैरी हुँदा घटनाले झगडाको रूप धारण गर्यो। झगडापछि ती युवकहरू घटनास्थलबाट गए तापनि केही बेरपछि फेरि त्यस समूहका एकजना युवक पवन सुब्बाले गाडी लिएर आएर होटल कर्मचारीहरूलाई धक्का दिँदा दुईजना युवक गम्भीर रूपमा घाइते भएपछि तिनीहरूको मृत्यु भएको बताइएको छ। आरोपी युवक पवन सुब्बा घटनापछि भागे तापनि तिनलाई पुलिसले तत्कालै पक्राउ गरेर आफ्नो नियन्त्रणमा लिएको छ। यसको साथै पुलिसले घटनाबारे छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *