गौतम देवले कर्मतीर्थ परियोजनाको आधारशिला राख्ने

नक्सलबारी: नक्सलबारी ब्लक अन्तर्गत पर्ने भैंस हट्टीमा आगामी शनिवार राज्यका पर्यटन मन्त्री गौतम देवले कर्मतीर्थ परियोजनाको आधारशिला राख्ने भएका छन्। यसैलाई ध्यानमा राखेर नक्सलबारी खण्ड विकास अधिकारी बापी धर, नक्सलबारी पञ्चायत प्रधान अरुण घोष तथा अभियन्ताहरूले उक्त स्थानको परिभ्रमण गरे। नक्सलबारी पञ्चायत प्रधान अरुण घोषले यसबारेमा जानकारी दिँदै उक्त परियोजनाको आधारशिला आगामी शनिवार पर्यटन मन्त्री गौतम देवले राख्ने भएकोले गर्दा नै उक्त स्थानको अभियन्ताहरूले परिभ्रमण गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.