घोगोमाली बजारका सचिवलाई कुटपीट गरेको आरोपमा एकजना व्यवसायी पुलिस हिरासतमा

सिलगढी : सिलगढीको 36 नम्बर वार्डको घोगोमाली नेताजी बजारका सचिवलाई कुटपीट गरेको एकजना व्यवसायीविरुद्ध अभियोग उठेको छ। घोगोमाली बजारका सचिव रिपन साहाको आरोपअनुसार गत राति भोला विश्वास नाम गरेको एकजना व्यवसायीले तिनलाई कुटपीट गर्नको साथै तिनीबाट लाखौँ रुपियाँ खोसेर लगेको बताइएको छ। तिनले यसबारे आशिघर आउटपोस्टमा अभियोग दर्ता गरेका छन्। उक्त घटनालाई लिएर आज घोगोमाली बजारमा उत्तेजनाको माहौल सृष्टि भएको छ। पुलिसले आरोपीलाई पक्राउ नगरेकोमा व्यवसायीहरूले घण्टौँसम्म सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गर्नको साथै घोगोमाली बजार बन्द गरिदिएको छ। यसपछि घटनास्थलमा पुगेर व्यवसायीहरूसित कुराकानी गरेपछि पुलिसले उक्त पथ अवरोध हटाउने साथै बजार खोल्ने निर्देश दिए। अर्कोतिर, पुलिसले भोला विश्वासलाई हिरासतमा लिएर सोधखोजको लागि थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *