घुम-जोरबङ्ला नजिक एउटा घरको गोदाममा आगलागी

दार्जिलिङ : दार्जिलिङ जिल्लाको घुम-जोरबङ्ला नजिक आलुबारी टीएन रोडस्थित वार्ड नम्बर 1-को छरछरे खोलादेखि केही तल अशोक कुमार तामाङको घरको एउटा गोदाममा आगलागी भएको छ। आज बिहान लगभग 10 बजी उक्त आगलागी भएको बताइएको छ। पीडित अशोक कुमारको भनाइअनुसार आज बिहान गोदाममा पानी तताउँदा यसको वरिपरि भएको काठमा आगो लागेपछि त्यसको छेउमा रहेको स्टोर रूममा राखिएको कागज-पत्र पनि जलेर नष्ट भएको बताइएको छ। घटनाको खबर पाएर दमकलको इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.